दशरथचन्द नगरपालिका–८ की २९ वर्षीया धाना महर पार्टीको चुनाव प्रचारमा गएको भन्दै म्यादी प्रहरी ३० वर्षीय पति जय महरले कुटपिट गर्नु भएको छ ।
नेकपा एमालेबाट वडा नम्बर ८ को सदस्य पदका लागि उम्मेदवारी दिनु भएकी गाउँले सासु नाता पर्ने सिमा महरको प्रचारमा गएको भन्दै महरले पत्नीलाई कुटपिट गर्नु भएको हो ।
पतिको कुटाईबाट टाउँको र शरीरमा नलिडाम परी घाइते हुनु भएकी महरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
चुनवा प्रचारमा किन गएकी भन्दै बिच बाटोमा लछारपछार गर्नुको साथै वैशाख २३ गते रातिको समयमा मदिरा सेवन गरेर पतिले कुटपित गरेको अस्पतालमा उपचार गराइ रहनु भएको पीडित महिलाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
उहाँले प्रहरीमा उजुरी गर्न गएको भएपनि पहिला उपचार गरेर आउनुस त्यसपछि उजुरी दिनु होला भनेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘राति कुटपिट गरेर घर भित्र समेत पस्न दिनु भएन । गाउँलेहरुको सहयोगमा राति घरभित्र बस्न पाएपनि भोकै सुते । वैशाख २४ गते पनि मरणासन्य गरी कुटपिट गर्नु भयो । गाउँलेहरुको सहयोगमा उद्धारा भएर उपचार भइरहेको छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्सपेक्टर लोकराज जोशीले घटनाबारे आफूलाई जानकारी नभएको बताउनु भयो ।