INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

फक्ताङलुङ गाउँपालिका–६ लेलेपका ७० वर्षीय वृखबहादुर लिम्बू र ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छोरा आइतराज लिम्बूलाई वैशाख २२ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा वैशाख २२ गते बाबुआमालाई खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयको सूचनाको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाश राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा वैशाख २४ गते गरिएको छ ।

पीडित पक्षले वैशाख २४ गते शव बुझी वैशाख २५ गते फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा सद्गत गर्ने तयारी गरेको छ ।

अन्य

भिडियो