बुढिनन्दा नगरपालिका–९ पाण्डुसैन निवासी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का जिल्ला सचिव पुरबहादुर रावत र सोही ठाउँ निवासी वडाध्यक्षका उम्मेदवार खडक बोहोरामाथि चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका–७ निवासी नेपाली कांग्रेसका कार्यकर्ता केशब कार्की र सोही नगरपालिका–९ का नरेन्द्र सार्कीलाई वैशाख २३ गते साँझ गिरफ्तार गरेको छ ।

आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिन्द्र बोगटीले बताउनु भयो ।
चाक्कु प्रहारबाट पाखुरा र हातमा चोट रावत र टाउँकोमा चोट बोहराको उपचार जिल्ला अस्पताल बाजुरामा भइरहेको छ ।
नेपाली कांग्रेसका कार्यकर्ताहरुले आफूलाई मार्ने उद्धेश्यले चाकु प्रहार गरेपछि ज्यान जोगाउन पाण्डौसेन प्रहरी चौकीमा संरक्षणका लागि गएको अवस्थामा प्रहरी चौकीमा समेत आक्रमण गरी तोडफोड गरेको घाइते हुनु भएका एकीकृत समाजवादीका जिल्ला सचिव रावतले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता बीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले १६ राउण्ड हवाइ फाइर समेत गर्नु परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चर्तुभुज ओझाले बताउनु भयो ।
सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेपछि कांग्रेसका कार्यकर्ताले प्रहरी चौकीमाथि नै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बोगटीले बताउनु भयो ।