INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनको मिति नजिकिएसँगै आचारसंहिता उल्लङ्घनमा वृद्धि

आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल तथा उम्मेदवारहरुबाट निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू बढ्दै गएको पाइएको छ ।

सप्तरी प्रतिनिधि मनोहर पोखरेलका अनुसार निर्वाचन आचारसंहिता २०७८ को १२ को (ञ) मा प्रचारप्रसारका कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने व्यवस्था भएपनि उम्मेदवारहरू राति मध्यरातसम्म पनि मत माग्दै भेला, छलफल गर्न टोल–टोल पुगिरहेका छन् ।
निर्वाचन आचारसंहिता २०७८ को १२ (ढ) मा कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा श्रव्य सामाग्री बजाउन वा श्रव्यदृष्य सामाग्रीहरू प्रदर्शन गर्न नहुने स्पष्ट उल्लेख भएपनि राजविराजमा वैशाख २३ गते लोकतान्त्रिक समाजवादी पार्टीले सिटी रिक्सामा चर्को आवाजमा माइकबाट प्रचार गरेको छ । उक्त रिक्सामा बालबालिका बसेर प्रचार गरिरहेका थिए ।
आचारसंहिताको ४ को (छ) तथा १२ को (ट) मा १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने उल्लेख भएपनि बालबालिकाको प्रयोग दिनप्रतिदिन बढिरहेको सुरुङ्गा नगरपालिकाका बिसेन्द्र पासवानले बताउनु भयो ।
चुनाव नजिकिएसँगै शक्ति प्रदर्शन गर्न वडा–वडामा प्रमुख राजनीतिक दलहरूले बालबालिकाको प्रयोग गरी जुलुस, ¥याली गरिरहेका छन् । वैशाख २३ गते राजविराज नगरपालिका–१४ मा नेकपा एमालेको जुलुस र राजविराज नगरपालिका–७ मा जसपाले निकालेको जुलुसको अग्रभागमा बालबालिकाले नारा लगाएका थिए । अधिकाँश दलहरूले आचारसंहिताले तोकेभन्दा ठूलो आकारको झन्डा, ब्यानर, ब्याचलगायत प्रचार सामग्री प्रयोग गर्न थालेका छन् ।
जुलुसमा सहभागीहरूलाई दल र उम्मेदवारहरूले छाता, चुनाव चिन्ह अंकित भेष्ट, टिसर्ट लगाएर घुमाइरहेका छन् । आचारसंहिताको परिच्छेद २ को ४ (घ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता साङ्केतिक सामाग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने उल्लेख छ ।
राजविराज नगरपालिकाका नेकपा एकिकृत समाजवादीका उम्मेदवारले उपहारस्वरूप कलम बाँडिरहेका छन् भने प्रचारप्रसारमा सामुदायिक विद्यालयका शिक्षकहरू गजेन्द्रप्रसाद दास, सुमित्रा दास र रंजिता दास मत माग्दै उम्मेदवारसँग घरदैलो गरिरहेका छन् । निर्वाचन आचारसंहिता २०७८ को ९ ले सामुदायिक विद्यालयका शिक्षकले कसैका पक्षमा प्रचारप्रसार गर्न नपाउने र संलग्न हुन नपाउने उल्लेख छ ।

photo20220507saptari

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार एकिकृत समाजवादीका कार्यकर्ताहरुद्वारा लहान नगरपालिकामा आयोजना गरेको ¥यालीमा वैशाख २३ गते बालबालिकाको प्रयोग गरेका छन् ।
निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै वैशाख ३० गते हुने स्थानीय तहको मतदानको लागि निकालिएको र्‍यालीमा बाजा, चुनाव चिन्ह अङ्कित झण्डा र गाडी सहित टयाक्टरमा बालबालिकाहरुको प्रयोग गरेका हुन् ।
एकिकृत समाजबादीका केन्द्रीय सदस्य सत्यनारायण यादवले घरदैलो तथा प्रचारप्रसार कार्यक्रममा अभिभावकहरु आउँदा बालबालिकाहरु पनि आउने गरेको बताउनु भयो ।
photo20220507siraha (1)

अन्य

भिडियो