INSEC Online

📅 २०८३ जेष्ठ २१

राजनीतिक दलद्वारा आचारसंहिता उल्लंघन

नजिकिदै गरेको स्थानीय तह निर्वाचन २०७९ को प्रचारप्रसारका लागि राजनीतिक दलहरुले आचारसंहिता उल्लघन गरेको पाइएको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै चुनावी सभालाई सम्बोधन गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीले वैशाख २३ गते दमौलीमा आयोजना गरेको चुनावी कोणसाभालाई मन्त्री श्रेष्ठले सम्बोधन गर्नुभएको छ ।

निर्वाचन आचारसंहितामा संघीय तथा प्रदेश सरकारका मन्त्रीहरुले कुनै पनि राजनीतिक दलको चुनावी कार्यक्रममा भाग लिन नपाईने उल्लेख गरेको छ । तर मन्त्री श्रेष्ठ चुनावी कार्यक्रममा सहभागी हुन वैशाख २२ गते देखि तनहुँमा सक्रिय हुनुहुन्छ ।

उहाँ सबै स्थानीय तहको चुनावी कार्यक्रममा सहभागी हुने नेकपा एसका एक नेताले बताउनुभयो ।

यस सम्बन्धमा मन्त्री श्रेष्ठले आफु मन्त्री मात्र नभइ पार्टीको केन्द्रीय सदस्य समेत भएको हुँदा केन्द्रीय सदस्यको हैसियतमा चुनावी सभालाई सम्बोधन गरेको बताउनुभयो ।

निर्वाचन आयोगलाई जानकारी गराएर नै आफू जिल्लामा आएको उहाँको भनाइ छ ।

Photo20220506Tanahun1

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार निर्वाचन आचारसंहिता विपरित नेकपा (एमाले)को तर्फबाट पोखरा महानगरपालिका–३० का उम्मेदवारहरुले निर्वाचन चिन्ह रहेको टोपी र तोकिएको साईज भन्दा ठूला झण्डा प्रयोग गर्दै प्रचारप्रसार गरेका छन् ।

निर्वाचन आचारसंहिताको परिच्छेद २ को ४ ’घ’ मा राजनीतिक दल वा उम्मेदवारको चुनाव चिन्ह अङकित  ज्याकेट, कमेज, भेस्ट, टि–सर्ट टोपी वा क्याप लगायत सामाग्री प्रचारप्रसारमा प्रयोग गर्न नपाइने उल्लेख छ ।

Photo20220506Kaski5

अन्य

भिडियो