INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाली कांग्रेसका कार्यकर्ता बीच झडप

बुढीनन्दा नगरपालिका–९ अगाउपानीमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाली कांग्रेसका कार्यकर्ताबिच वैशाख २३ गते झडप भएको छ ।

अगाउपानीमा एकीकृत समाजवादीका कार्यकर्ता घरदैलो अभियानमा गएको समयमा कुकुरलाई लात्ताले हिर्काएपछि कांग्रेस समर्थक कार्यकर्ताले कुकुरलाई किन हिर्काएको भन्दै विबाद सुरु भएकोले झडप भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिन्द्रबहादुर बोगटीले बताउनु भयो ।

झडपमा परी प्रहरी हबल्दार बिरेन्द्र खड्का, सहायक हबल्दार दामोदर पन्त र  बुढीनन्दा नगरपालिका–९ निवासी एकीकृत समाजवादीका कार्यकर्ता भीम खड्का, सोही ठाउँका चक्र सार्की र केशब कार्की घाइते भएका र प्रहरीले एकीकृत समाजवादीका कार्यकतालाई संरक्षण गरको भन्दै नेपाली काग्रेसका कार्यकर्ताले प्रहरी चौकीमा समेत तोडफोड गरेको इन्स्पेक्टर बोगटीले बताउनु भयो ।

भिडलाई नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाई फाएर समेत गरेको इन्स्पेक्टर बोगटीको भनाई छ ।

झडपमा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्था समान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको जानकारी प्राप्त भएको इन्स्पेक्टर बोगटीले बताउनु भयो ।

घटनास्थल पुग्न सदरमुकाम मार्तडीबाट एक दिन लाग्ने भएकोले घटनाको थप अनुगन्धानका लागि सशस्त्र  प्रहरी र नेपाल प्रहरीको सयुक्त टोली परिचालन गरिएको इन्स्पेक्टर बोगटीले बताउनु भयो ।

अन्य

भिडियो