INSEC Online

📅 २०८३ जेष्ठ २१

वाईसियल र एमाले कार्यकर्ता बीच झडप

मुड्केचुला गाउँपालिका–९ होर्तमा वाईसियल र नेकपा एमालेका कार्यकर्ताबीच वैशाख २३ गते झडप भएको छ ।

होर्त गाउँमा नेकपा एमालेको चुनावी घरदैलो अभियानलाई विथोल्न वाईसियल कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गर्न खोजेपछि दोहोरो झडप भएको हो ।

सुरक्षाकर्मीद्धारा झडपलाई रोक्ने क्रममा वाईसियलले प्रहार गरेको ढुङ्गा प्रहारवाट सर्मि प्रहरी चौकीमा कार्यरत प्रहरी हवलदार ज्ञानबहादुर बाक्षे मगर घाइते हुनुभएको छ । ढुङ्गा प्रहारबाट घाइते मगरको टाउँकोमा पाँच ओटा टाका लगाइएको र उहाँको उपचार गाउँमै रहेको निजी मेडिकलमा भइरहेको डिएसपी रन्जित थापाले जानकारी दिनु भयो ।

ढुङ्गा प्रहारवाट ०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित दलित महिला सदस्य दुधकली परियार पनि घाइते हुनु भएको छ । उहाँको देब्रे घुडामा चोट लागेको नेकपा एमालेका पालिका प्रमुख पदका उम्मेद्वार लंकबहादुर रोकायाले जानकारी दिनु भयो । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

ढुङ्गा प्रहारमा संलग्न माओवादी केन्द्र निकट वाइसियल कार्यकर्ता मनिराम बुढा, श्रवण कुमार बुढा, वीरेन्द्र बुढा, हिरे बुढा र राजबहादुर बुढा लगायत रहेको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न वाइसियल कार्यकर्ताहरू फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Photo Dolpa_2022-05-06

अन्य

भिडियो