क्षीरेश्वरनाथ नगरपालिका–१० प्रस्टोकी बस्ने जनमत पार्टीको तर्फबाट क्षिरेश्वरनाथ नगरपालिकाको उपमेयर पदकी उम्मेदवादर ३० वर्षीया विनिता पाठक र ३५ वर्षीय पति जितेन्द्र पाठकलाई कांग्रेसका कार्यकर्ता विजय यादवले वैशाख १६ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
जनमत पार्टीबाट उपमेयरकी उम्मेदवार भएपछि प्रचारप्रसार गरिरहेको समयमा पतिमाथि कांग्रेसका कार्यकर्ता विजय यादवले कुटपिट गरेको जानकारी पाएर घटनास्थल पुग्दा आफुलाई समेत कुटपिट गरेको उपमेयरकी उम्मेदवार विनिता पाठकको आरोप छ ।
आफू जनमत पार्टीको उपमेयरको उम्मेदवार भएकै कारण कांग्रेस कार्यकर्ताले निँहु खोजेर कुटपिट गरेको भन्दै कारबाहीको माग गर्नु भयो ।
उम्मेदवार भएकै कारण कांग्रेस कार्यकर्ताले निँहु खोजेर कुटपिट गरेकोले आफुहरुले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा आरोपितविरुद्ध वैशाख १७ गते उजुरी दिएको स्थानीय जयकुमार पाठकले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर बेचन यादवले बताउनु भयो ।