INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको नेतृत्वमा स्थानीय तहको निर्वाचन मनोयनको पहिलो दिन अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा स्थानीय तहको निर्वाचन मनोनयन दर्ताको पहिलो दिन अनुगमन गरिएको छ ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका मानव अधिकार अधिकृत मनमाया राना मगर, सहायक प्रथम राजिवकुमार कर्ण र प्रादेशिक बाल अधिकार सञ्जाल मधेस प्रदेशका अध्यक्ष आशुतोष झाले वैशाख ११ गते महोत्तरीको पिपरा गाउँपालिकामा स्थानीय तहको निर्वाचन मनोयनको पहिलो दिन अनुगमन गर्नु भएको हो ।

पिपरा गाउँपालिकाका निर्वाचन अधिकृत यादवप्रसाद पौडेलले निर्वाचन मनोनय कार्य सहज तथा शान्तिपूर्ण रुपमा भइरहेको अनुगमन टोलीलाई बताउनु भयो ।

उहाँका अनुसार वैशाख ११ गते जनमत पर्टीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सबै वडामा वडा अध्यक्ष तथा सदस्यहरुको र एक जना स्वतन्त्र उम्मेदवारले मनोनय दर्ता गराएका छन् ।

बाहिर भिडभाड भएकाले उम्मेदवार र प्रस्तावक, समर्थकहरूलाई मात्र कम्पाउण्डमा राखेर मनोनयनको कार्यलाई व्यवस्थित र सहज बनाइएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनु भयो ।

photo20220424mahottari (1)

photo20220424mahottari (2)

photo20220424mahottari (3)

अन्य

भिडियो