INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता विपरीत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको स्पष्टिकरण

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न सञ्चारमाध्यमहरूलाई स्पष्टिकरणसहित सजग गराएको छ ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराद्वारा वैशाख १६ गते जारी विज्ञप्तिमा दुष्प्रचारयुक्त सामग्री तथा द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना गर्दै समाचार सम्प्रेषण गर्ने १६ ओटा सञ्चार माध्यमलाई स्पष्टीकरण माग गरिएको, चार ओटालाई निर्देशन दिइएको, दुई ओटालाई ध्यानाकर्षण गराइएको र दर्ता नभएको एउटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण नहुने गरी कारबाही गरिएको समेत जनाइएको छ ।

काउन्सिलले वैशाख १६ गते एभिन्यूज टेलिभिजन काठमाडौँलाई २४ घण्टाभित्र जवाफ दिन लिखित स्पष्टीकरण माग गरेको छ ।

उम्मेदवारहरूको विगतको कामको प्रशंसासहित तयार गरिएको प्रायोजित रिपोर्ट बारम्बार प्रशारण गरिएको भन्दै काउन्सिलले आचारसंहिता २०७८ को दफा ४ (ङ) र २२ को (ख) उल्लङ्घन भएको जनाएको छ ।

उक्त अनलाइनले वैशाख १२ गते ‘एमालेलाई प्रश्न–यौन दुराचारीलाई नै नगरपिता बनाउने हो ?’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।

आयोगका उपप्रशासकीय अधिकृत बोहराका अनुसार बिहीबार लिखित स्पष्टीकरण सोध्दै तीन दिनभित्र जवाफ दिन निर्देशन गरिएको छ ।

त्यस्तै, काउन्सिलले नेपाल लाइभ डट कमलाई पनि आचारसंहिता उल्लङ्घन गर्ने गरी प्रतिकुल सामग्री सम्प्रेषण नगर्न सचेत गराएको छ ।

सो न्यूज पोर्टलले वैशाख १२ गते ‘यौन दूराचारको आरोपबारे स्थापितको जवाफ– विवादमै आएन भने त्यो केशव स्थापित हुन्छ र !’ समाचार सम्प्रेषण गरेको थियो ।

प्रेस काउन्सिलका अनुसार इकान्तिपुर डट कमलाई पनि काउन्सिलले आचारसंहिता कार्यान्वयनका निम्ति सजग गराएको छ ।

वैशाख १५ गते लिखित पत्र लेख्दै काउन्सिलले सो सञ्चारगृहलाई सचेत गराएको काउन्सिलका उपप्रशासकीय अधिकृत बोहराले जानकारी दिनुभयो ।

सो सञ्चार गृहले १२ गते ‘यौन दुव्र्यवहारको प्रश्नमा स्थापितको उत्तर–विवादमा आएन भने केशव स्थापित नै हुँदैन शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

चार वर्षअघिको अप्रमाणित घटनालाई उठान गरी व्यक्तिको मानहानी हुने गरी उक्त संचारमाध्यमले समाचार लेखेको काउन्सिलले उल्लेख गरेको छ ।

त्यस्तै, शिलापत्र डट कमलाई पनि काउन्सिलले तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । सो सञ्चार गृहले १४ गते ‘केशव स्थापितलाई मेयरको टिकट दिएर यौन हिंसा संस्थागत गर्न खोजियो’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ ।

सोहीअनुसार नयाँ पत्रिका डेली डट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई काउन्सिलको स्पष्टीकरण कमलाई पनि काउन्सिलले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आचारसंहिता कार्यान्वयनप्रति लिखित रूपमा सचेत गराएको छ ।

सो सञ्चार गृहले १२ गते ‘यौन दुराचार आरोपको विषयमा केशव स्थापितले भने–विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?’ शीर्षकको समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ ।

काउन्सिलले जैशाख १६ गते दृष्टिन्यूज डट कम, दबाब साप्ताहिक काठमाडौं, मजदुर दैनिक भक्तपुर, अग्नीपोष्ट डट कम, एसिपिन्यूज नेपाल डट कम, जनबोली डट कम, नेपाल आज डट कम, पर्दाफास डट कम, हिमालपोष्ट डट कम, लेखाजोखा न्यूज डट कम, नारायणीअनलाइन डट कम, नेपालजीन्यूज डट कम, लोकपाटी डट कम, मूलखबर डट कम, अर्थडबली डट कम, खबरप्रवाह डट कम, दैनिकीन्यूज डट कम, चित्रवनखबर डट कम लगायत १८ मिडियालाई आचारसंहिता उल्लङ्घन नगर्न नगराउन सचेत गराएको हो ।

पत्रकार तथा आमसञ्चार माध्यमबाट पत्रकार आचारसंहिता लगायत निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा निर्वाचन आयोगसँगको सम्झौताको आधारमा  प्रेस काउन्सिलले सञ्चारमाध्यमको विशेष अनुगमन गरिरहेको छ ।

अन्य

भिडियो