INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीका मन्त्री चुनावी प्रचारमा गएको भन्दै नेकपा एमालेले उजुरी दियो

कर्णाली प्रदेशका अधिकांश मन्त्रीहरू सरकारी गाडीको दुरुपयोग गर्दै चुनावी प्रचारमा लागेको नेकपा एमाले जिल्ला कमिटि हुम्लाले आरोप लगाएको छ ।

निर्वाचन आयोगको स्थानीय निर्वाचन आचारसंहितामा बहालवाला मन्त्रीहरूलाई चुनावी प्रचारमा सहभागी हुन नपाउने उल्लेख भए पनि झण्डावाला गाडीसहित भोट मागेको भन्दै एमाले हुम्ला आपत्ति जनाएको छ ।

कर्णालीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कार्चेन लामा चुनावी प्रचारका लागि वैशाख १४ गते हुम्लाको ताँजकोट गाउँपालिका पुगेको नेकपा एमालेका जिल्ला उपाध्यक्ष डवल रावतले बताउनु भयो । मन्त्री लामासहित पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि पुग्नु भएको एमालेका जिल्ला उपाध्यक्ष रावतले जानकारी दिनु भयो ।

मन्त्री लामा प्रदेश ०२, ००१ झ ००७६ नम्बरको गाडी सहित हुम्ला पुगेर चुनावी अभियानमा लागेको भन्दै नेकपा एमालेले वैशाख १५ गते आचारसंहिता उल्लङघन गरेका मन्त्री लामालाई कारबाही गर्न मागगर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लामा उजुरी गरेको न्यायाधीस जगत बहादुर पौडेलले बताउनु भयो । पार्टीको उजुरीको आधारमा छानविन गर्ने मुख्य निर्वाचन अधिकृत एवम् न्यायाधीस पौडेलको भनाई छ ।
Photo_Humla2022-04-29 (1) Photo_Humla2022-04-29 (2) Photo_Humla2022-04-29 (3)

अन्य

भिडियो