३१ वर्षीया गर्भवती महिलालाई बलात्कार गरी फरार रहेको कैलालीको लम्कीचुहा नगरपालिका–२ घर भएका ३५ वर्षीय सागर शाहीलाई प्रहरीले चन्द्रागिरी नगरपालिका –२ नागढुङ्गाबाट वैशाख १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०७८ चैत ८ चन्द्रागिरी नगरपालिकास्थित आफ्नै घरको कोठाभित्र डर त्रास देखाई बलात्कार गरेको भन्दै पीडित पक्षले शाहीविरुद्ध सोही दिन प्रहरी वृत चन्द्रागिरीमा उजुरी दिएपछि उनी फरार रहेका थिए ।
पीडितलाई आरोपितले घरमा कोही नभएको मौका परेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनालीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ०७८ चैत ८ गते थापाथलीस्थित प्रसुति गृहमा गरिएको थियो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको