स्थानीय तह निर्वाचन २०७९ को उम्मेदवारी दर्ताका क्रममा राजनीतिक दलबाट भएको निर्वाचन आचारसंहिता उल्लङघन बारे निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गराइएको छ ।
शान्तिको लागि नागरिक समाजको सञ्जाल कास्कीका पुर्व अध्यक्ष बिष्णु प्रसाद बराल ,गैरसरकारी सस्था महासघ गण्डकीका कार्यबाहक अध्यक्ष पदमराज पहारी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश सयोजक शिव खकुरेलसहितको टोलीले निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीलाई वैशाख १३ गते भेट गरी निर्वाचन आचारसंहिता कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो ।

अनुगमनका क्रममा उम्मेदवारी मनोनयमै रोक लगाउने, बाजागाजा, ठूला ठूला झण्डाको प्रयोग र सवारीसाधनको र्याली गरी दलहरुले आचारसंहित उल्लङ्घन गरेको भेटिएको इन्सेक गण्डकी प्रदेश संयोजक खकुरेलले जानकारी गराउनुभयो ।
प्रमुख पराजुलीले आचारसंहिता उल्लङ्घन भएको स्वीकार गर्दै आगामी दिनमा यसो हुन नदिन आवश्यक पहल गर्ने बताउनुभयो ।
उहाँले निर्वाचन पर्यवेक्षण गर्ने संस्थाहरुले पनि आवश्यक सूचना दिएर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै इन्सेकका संयोजक खकुरेलले इन्सेकले गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा पर्यवेक्षण गर्ने र पर्यवेक्षकको नामावली पठाइसकिएको बारेमा जानकारी गराउनुभएको थियो ।