स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४ सय ६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले वैशाख १३ गते बिहान अद्यावधिक गरेको तथ्याङ्कअनुसार प्रमुख पदमा ३ हजार ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ ।
गाउँपालिकाका अध्यक्ष पदमा ३ हजार ३ सय ६ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार ३ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
वडा अध्यक्ष पदमा मात्र ३३ हजार १ सय ११ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा २४ हजार २ सय ८३, दलित सदस्यमा २१ हजार ९ सय ७९ र सदस्य पदमा सर्वाधिक ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

देशैभरमा महानगर प्रमुख– ६ जना, महानगर उपप्रमुख– ६ जना, उपमहानगर प्रमुख–११, उपमहानगर उपप्रमुख–११, नगर प्रमुख–२ सय ७६, नगर उपप्रमुख–२ सय ७६, गाउँपालिका अध्यक्ष–४ सय ६० जना र गाउँपालिका उपाध्यक्ष–४ सय ६० जना निर्वाचित हुनेछन् ।
त्यसैगरी वडा अध्यक्ष–६ हजार ७ सय ४३ जना, वडा सदस्य महिला–१३ हजार ४ सय ८६ जना र वडा सदस्य–१३ हजार ४ सय ८७ जना चुनिनेछन् ।
