वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ काे लागि मनोनयन दर्ताको क्रममा बागलुङका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले वैशाख १२ गते गरेको अनुगमनको क्रममा राजनीतिक दलले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको पाइएको हो ।
सत्तारुढ गठबन्धनले बागलुङ नगरपालिकाको मनोनयन दर्ताको क्रममा बाजा सहित मोटरसाइकल र्याली निकालेको थियो ।
गठबन्धनले नै ढोरपाटन त्यसैगरी नेकपा एमालले काठेखोला गाउँपालिकामा मनोनयन दर्ताको क्रममा बाजा बजाएको थियो ।


