५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला बंगलाचुली गाउँपालिका–३ घर भएका २४ वर्षीय गुरुप्रसाद बिसीलाई प्रहरीले ०७९ वैशाख १० गते गिरफ्तार गरेको छ ।
पीडितलाई काठमाडौँ महानगरपालिका–२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा लगि बैशाख १० गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडितका आफन्तले प्रहरी वृत्त महाराजगञ्जमा सोही दिन उजुरी दिएका थिए ।
पीडितका आफन्तको उजुरीका आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीको टोलीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी विश्वराज मैनालीले जानकारी दिनुभयो ।
आरोपितलाई वैशाख ११ गते जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको एसपी मैनालीले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १० गते थापाथलीस्थित प्रसुति गृहमा गरियो ।