INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय र प्रहरी बीच भएको झडपमा १४ जना प्रहरी घाइते

कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङमा ०७९ वैशाख ७ गते स्थानीय र प्रहरीबीच भएको झडपमा १४ जना प्रहरी घाइते घएका छन् ।

घाइते मध्ये एक जनालाई थप उपचारका लागि काठमाण्डौँ रिफर गरिएको छ भने अरुको सिन्धुली अस्पतालमा उपचार भएको छ ।

घाइते मध्ये प्रहरी जवान जोस्ना श्रेष्ठलाई थप उपचारको लागि जिल्ला अस्पतालबाट प्रहरी अस्पताल काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विमलराज कडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयको ढुंङ तथा सिसाका बोतल प्रहारबाट बरिष्ठ प्रहरी हवल्दार विजयकुमार यादव, प्रहरी जवानहरू जोस्ना श्रेष्ठ, लिला खत्री, कर्णबहादुर मुग्राती, घनश्याम चौधरी, रमेश लामा र गोपाल थारु घाइते हुनु भएको छ ।

यस्तै प्रहरी हवल्दार भोला राउत, निजामुदी मिहा, प्रहरी जवानहरू विमला श्रेष्ठ, संजित श्रेष्ठ, भुपेन्द्र रावत, रामनारायण राउत, इश्वर कुमार बास्तोला समेत घाइते हुनु भएको छ ।

जिल्ला अस्पताल, सिन्धुलीमा उपचार गराइरहेका भुपेन्द्र रावत, रामनारायण राउत र इश्वर कुमार बास्तोलाको अवस्था सामान्य नै रहेकाले आजै डिस्चार्ज हुने जानकारी अस्पतालले दिएको डिएसपी कँडेलले जानकारी दिनुभयो ।

घाइतेहरूको टाउँको, कुम र खुट्टामा सिसाका बोतलले काटेको चोट लागेको छ । घाइतेको दुई देखी सात ओटासम्म टाका लगाईएको छ ।

कमलामाई नगरपालिका २ का ३९ वर्षीय विजय मुक्तानलाई वैशाख ५ गते दिउँसो प्रदेश ३ ०१—०३६ प १४१९ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो ।

घाइते भएका विजयको सिन्धुली अस्पतालमा ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी कडेलले जानकारी दिनुभयो ।

सोही घटनाको विरोध गर्दै स्थानीयले अबरोध गरेको बाटो खुलाउने क्रममा स्थानीयले प्रहरी माथि आक्रमण गरेको थियो ।

प्रहरीले पनि आत्मारक्षाका लागि हवाई फायर गरेको जनाएको छ । प्रहरीको संयमताले घटनामा मानवीय क्षती हुन नपाएको एसपी कँडेलले बताउनु भयो ।

मृतकका आफन्तलाई छलफलमा आउन आग्रह गरे पनि स्थानीयले वेवास्था गरी दोषिलाई कारबाही र क्षतीपुर्तीको माग गर्दै बिहानैदेखि विपी राजमार्ग बन्द गराएका थिए । प्रहरीले झडपपछि दिउँसो ३ बजेबाट राजमार्ग सुचारु गराएको छ ।

278589524_1253777072098534_9081742417928906291_n 278539252_1044379192831061_4909487221409761317_n 278504167_383411830327319_3268913519066515903_n

अन्य

भिडियो