INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ का ४० वर्षीय सन्तोष जोशीलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ५ गते गरिएको छ ।

अन्य

भिडियो