INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ बोगडियाका ३० वर्षीय भल्लु मल्लाहलाई वैशाख ४ गते आरोपितको घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख ४ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले इन्सेक प्रतिनिधिसँगको टेलिफोन सम्पर्कमा बताउनु भयो ।

राती घरमै सुतेको अवस्थामा आरोपितले  काखे बालकलाई लगेर गएको र बालकलाई लिन जाँदा  घटना भएको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

अन्य

भिडियो