राप्रपा नेपाल चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा ०७९ वैशाख ३ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ ।
तोडफोडबाट खरालको भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित घरको झ्यालका सिसाहरू फुटेका छन् ।
राप्रपा नेपालले वैशाख ४ गते एक विज्ञप्ति प्रकाशन गरी घटनाको तत्काल छानबिन गरी दोषी माथि कडा कारबाही गर्न माग गरेको छ । साथै आक्रमणको घोर भत्सर्ना र निन्दा गरिएको छ ।
अध्यक्ष खरालको घरमा भएको तोडफोड घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।