५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका–१ पगनाथका ५० वर्षीय चन्द्रबहादुर थापालाई वैशाख २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई चैत २८ गते बलात्कार गरेको भनी पीडित पक्षले चैत ३० गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण चैत ३० गते दैलेख जिल्ला अस्पतालमा गरिएको छ ।