बीरगञ्ज उमनपा-१४ ठुलो पिप्राकी २३ वर्षीया निलु पटेललाई चैत २८ गते राति अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ ।
पटेलको देब्रे कन्चट नजिक गोली लागेको प्रहरीले जनाएको छ । पीडित महिलाको उपचार बीरगञ्जस्थित नेशनल मेडिकल कलेजको सघन उपचार कक्षमा भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
पटेलको कन्चटमा (क्लोज कन्टयाक्ट) नजिकबाट गोली हानिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रराज जोशीले बताए ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए । ‘अनुसन्धानका लागि घर परिवारका अन्य सदस्यहरूलाई पनि निगरानीमा राखेका छौँ ।’