INSEC Online

📅 २०८३ जेष्ठ २१

टाइफाइडविरूद्धको राष्ट्रव्यापी खोप अभियान सुरू, प्रदेश १ का १२ लाख बढी बालबालिकालाई खोप लगाइने

नेपाल सरकारले चैत २४ गते शुभारम्भ गरेको टाइफाइड(म्यादे ज्वरो) विरूद्धको राष्ट्रव्यापी खोप अभियान औपचारिक रूपमा चैत २५ गतेदेखि सुरूआत भएको छ ।

१५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकाका लागि ०७९ वैशाख १८ गतेसम्म सञ्चालन हुने टाइफाइडविरूद्धको राष्ट्रव्यापी खोप अभियानमा ७५ लाख बढी बालबालिकालाई खोप लगाइने नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा १२ लाख ३८ हजार ३ सय ८७ जना बालबालिकामा खोप लगाइने स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा टाइफाइडबाट प्रभावित बालबालिकाको सङ्ख्या उल्लेखिय छ ।

नेपालमा प्रति एक लाख जनसङ्ख्यामा १ हजार ६२ जना टाइफाइटबाट प्रभावित हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ ।

शुद्ध पिउने पानी अभावका कारण नेपालमा टाइफाइडको जोखिम उच्च रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

भारतमा बनेको टाइफाइटविरूद्धको खोप “द भ्याक्सिन एलाइन्स” गाभीको सहयोगमा दक्षिण एसियामा पहिलो पटक नेपालका बालबालिकालाई खोप लगाउन राष्ट्रव्यापी अभियानको सुरूआत गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले बताउनु भयो ।

खोपको प्रभावकारीता ९७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

टाइफाइडविरूद्धको खोप अभियानका लागि प्रदेश १ मा ९ हजार ६ सय ७८ ओटा खोप केन्द्र, ९ हजार ६ सय ७८ जना स्वास्थ्यकर्मी र १९ हजार ३ सय ५० जना स्वयमसेवक परिचालन गरिने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नेपालको संविधान ०७२ ले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ ।

सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार हिमाली जिल्ला सोलुखम्बुमा वैशाखमा शैक्षिक सत्र अन्त्य हुने भएकाले चैत २१ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा ४ सय १५ ओटा खोप केन्द्रमार्फत २५ हजार ८ सय ७० जना विद्यालयका र ६ हजार १ सय १३ जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल ३१ हजार ९ सय ८३ जना बालबालिकालाई खोप लगाउने यो अभियानमा ४ सय १३ जना स्वास्थ्यकर्मी र ८ सय ३० जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २१ गतेदेखि ०७९ वैशाख ७ गतेभित्र दुई चरणमा गरी टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा ५ सय ४६ ओटा खोप केन्द्रमार्फत ३० हजार ७ सय ५० जना विद्यालयका र ५ हजार ९८ जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल ३५ हजार ८ सय ४८ जना बालबालिकालाई खोप लगाउने यो अभियानमा ५ सय २० जना स्वास्थ्यकर्मी र १ हजार १ सय ६५ जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि ०७९ वैशाख २ गतेभित्रमा टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा २ सय ९४ ओटा खोप केन्द्रमार्फत ३७ हजार ५ सय ४५ जना विद्यालयका र १२ हजार २ सय ७१ जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल ४९ हजार ८ सय १६ जना बालबालिकालाई खोप लगाउने यो अभियानमा ५ सय २७ जना स्वास्थ्यकर्मी र १ हजार ३६ जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि ०७९ वैशाख ३ गतेभित्रमा टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा ५ सय २४ ओटा खोप केन्द्रमार्फत ३० हजार ५ सय २२ जना विद्यालयका र ६ हजार ३ सय १४ जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल ३६ हजार ८ सय ३६ जना बालबालिकालाई खोप लगाउने यो अभियानमा ५ सय ३८ जना स्वास्थ्यकर्मी र १ हजार ५५ जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि चैत २९ गतेभित्रमा टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा ७ सय ११ ओटा खोप केन्द्रमार्फत ४५ हजार ५ सय ५१ जना विद्यालयका र ९ हजार २ सय ८९ जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल ५४ हजार ८ सय ४० जना बालबालिकालाई खोप लगाउने यो अभियानमा ७ सय २७ जना स्वास्थ्यकर्मी र १ हजार ४ सय ४२ जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि ०७९ वैशाख ४ गतेभित्रमा टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा ३ सय ८० ओटा खोप केन्द्रमार्फत ३४ हजार ६ सय ७८ जना विद्यालयका र ७ हजार १ सय ९० जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल ४१ हजार ८ सय ६८ जना बालबालिकालाई खोप लगाउने यो अभियानमा ५ सय ३१ जना स्वास्थ्यकर्मी र ९ सय ८८ जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि चैत २९ गतेभित्रमा टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा ४ सय ४ ओटा खोप केन्द्रमार्फत ३४ हजार ५ सय ७५ जना विद्यालयका र ८ हजार ५ सय ६० जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल ४३ हजार १ सय ३५ जना बालबालिकालाई खोप लगाउने यो अभियानमा ४ सय ४ जना स्वास्थ्यकर्मी र ८ सय ८ जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि चैत २९ गतेभित्रमा टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा १ सय ९२ ओटा खोप केन्द्रमार्फत २१ हजार ३ सय ७६ जना विद्यालयका र ४ हजार ३ सय ४१ जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल २५ हजार ७ सय १७ जना बालबालिकालाई खोप लगाउने यो अभियानमा २ सय ४० जना स्वास्थ्यकर्मी र ४ सय ५० जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि चैत २९ गतेभित्रमा टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा ४ सय ३ ओटा खोप केन्द्रमार्फत ४३ हजार ८ सय ६८ जना विद्यालयका र ७ हजार ६ सय ७१ जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल ५१ हजार ५ सय ३९ जना बालबालिकालाई खोप लगाउने यो अभियानमा ४ सय ३ जना स्वास्थ्यकर्मी र ८ सय ६ जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि चैत २९ गतेभित्रमा टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा ५ सय ७९ ओटा खोप केन्द्रमार्फत ४५ हजार ८ सय ५८ जना विद्यालयका र १८ हजार ५ सय ४२ जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल ६४ हजार ४ सय  जना बालबालिकालाई खोप लगाउने यो अभियानमा ५ सय ७९ जना स्वास्थ्यकर्मी र १ हजार १ सय ५८ जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि ०७९ वैशाख ३ गतेभित्रमा टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा ७ सय ८५ ओटा खोप केन्द्रमार्फत १ लाख ७२ हजार ७५ जना विद्यालयका र ४३ हजार २ सय ७५ जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल २ लाख १५ हजार ३ सय ५० जना बालबालिकालाई खोप लगाउने यो अभियानमा २ सय ६८ जना स्वास्थ्यकर्मी र १ हजार ७२ जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि ०७९ वैशाख ४ गतेभित्रमा टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा ९ सय ५८ ओटा खोप केन्द्रमार्फत २ लाख ८७ हजार ४ सय  जना विद्यालयका र ६० हजार २ सय २१ जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल ३ लाख ४७ हजार २ सय २५ जना बालबालिकालाई खोप लगाउने यो अभियानमा ९ सय ५८ जना स्वास्थ्यकर्मी र २ हजार ३ सय ३६ जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि ०७९ वैशाख १७ गतेभित्र दुई चरणमा गरी टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा ६ सय ९५ ओटा खोप केन्द्रमार्फत २ लाख १९ हजार ८ सय जना विद्यालयका र ५३ हजार ४ सय ४८ जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल २ लाख ७३ हजार २ सय ४८ जना बालबालिकालाई खोप लगाउने यो अभियानमा ९ सय ९५ जना स्वास्थ्यकर्मी र १ हजार ३ सय ६५ जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि ०७९ वैशाख १७ गतेभित्र दुई चरणमा गरी टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार चैत २५ गतेदेखि टाइफाइडविरूद्धको खोप अभियान सुरूआत गरिएको छ ।

जिल्लामा ४ सय ४९ ओटा खोप केन्द्रमार्फत ८७ हजार २ सय १८ जना विद्यालयका र २७ हजार ३ सय ४६ जना विद्यालय बाहिरका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कूल १ लाख १४ हजार ५ सय ६४ जना बालबालिकालाई खोप लगाउने यो अभियानमा ४ सय ४९ जना स्वास्थ्यकर्मी र २ हजार २ सय ६ जना स्वयमसेवक परिचालन गरिने छ ।

जिल्लामा चैत २५ गतेदेखि ०७९ वैशाख १० गतेभित्र दुई चरणमा गरी टाइफाइडविरूद्धको खोप अभियान पुरा गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अन्य

भिडियो