INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतल मेचीनगर नगरपालिका–१० का ४७ वर्षीय इन्द्रबहादुर राई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश दिलकुमार बर्देवाको ०७८ चैत २२ गतेको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी ५० हजार रुपियाँ कसुरदारबाट क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ फागुन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २२ गते इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई चैत २२ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०७८ वैशाख १२ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको ०७८ वैशाख १५ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७७ चैत २२ गते गरिएको थियो ।

अन्य

भिडियो