INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षको आक्रमणबाट महिला घाइते

पथरी शनिश्चरे नगरपालिका–३ की ५० वर्षीया हरिमाया घिमिरे चैत २० गते अज्ञात पक्षको आक्रमणमा परी घाइते हुनु भएको प्रहरीले जनाएको छ ।

पथरी शनिश्चरे नगरपालिका–१० स्थित आफ्नै घरको बरण्डामा सुत्नु भएकी घिमिरेलाई अज्ञात पक्षले चैत २० गते राति घाँटीमा छुरा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

छुरा प्रहारबाट घाँटीमा चोट लागेकी घाइतेको विराटनगर महानगरपालिका–३ स्थित नोवेल अस्पतालमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

महिलामाथि के कति कारणले आक्रमण भएको हो खुल्न नसकेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो