१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माडी नगरपालिका–५ का ६९ वर्षीय इन्द्र अधिकारीलाई जिल्ला अदालतले १३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
साथै उक्त फैसलामा पीडकबाट २ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश गरेको सूचना अधिकारी इश्वर आचार्यले बताउनुभयो ।
जिल्ला न्यायधीश शकुन्तला कार्कीको इजलासले चैत २१ गते उक्त फैसला गरेको हो ।
पीडित बालिकालाई ०७८ असार १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको असार २३ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।