INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय एक बालकलाई जिल्ला अदालतले चैत २७ गते १३ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले आरोपितको बयान र प्रमाणको आधारमा जबरजस्ती करणी अन्तर्गत १० वर्षकैद र ५० हजार रुपियाँ जरिबाना, हाडनाता करणी अन्तर्गत तीन वर्षगरी १३ वर्षकैदको फैसला गरिएको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले गत असोज ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ५ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाइएको थियो ।

अन्य

भिडियो