INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका अरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई चैत १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका–६ का २३ वर्षीय बसन्त पाण्डेलाई चैत २० गते गिरफ्तार गरेको छ ।

म्यादी प्रहरीमा भर्ना हुन सदरमुका, मार्तडी आएको समयमा छोरीलाई ललाईफकाई गरेर यौन दुर्व्यवहार गर्न खोजिएकोले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २० गते उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय, केल्टीबाट खटिएको टोलीले आरोपितलाई गिरफ्तार गरी चैत २० गते जिल्ला प्रहरी कार्यालयमा ल्याएर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनदेव साउदले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २० गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो