INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा र जातीय विभेद घटनाका पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित कोहलपुर नगरपालिका– ४ की तुलसा बिक र जातीय विभेद घटना पीडित राप्ती सोनारी गाउँपालिका–७ की आरती गुरूङ परियारलाई इन्सेकले चैत १८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

डिसिएको सहयोगमा गठित मानव अधिकार सहायता कक्षको चैत १४ गते बसेको बैठकले पीडितलाई सहयोग दिने निर्णय गरेको थियो ।

पीडित दुबै जनाले कानुनी प्रक्रियामा जानका लागि आवश्यक सहयोग गरिदिन भन्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जमा चैत ११ गते निवेदन दिनु भएको थियो ।

पीडितद्वयको जिल्ला अदालतमा मुद्दा चलिहेको छ । पीडिहरूकाे न्यायमा पहुँच पुगोस भनने उद्देश्यले  जनही ५ हजार रूपियाँ सहयोग गरिएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो ।

अन्य

भिडियो