नेचा सल्यान गाउँपालिका–२ भुजेल गाउँकी २५ वर्षीया लीला रार्ईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति गुनराज राईलाई चैत ९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई घरायसी विवादका क्रममा आरोपितले चैत ८ गते कुटपिट गरी हत्या गरेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा चैत ९ गते गरिएको छ ।
पीडित पक्षले सोही दिन शव बुझी सोलु दूधकुण्ड नगरपालिका–४ स्थित फाप्लु जङ्गलमा सद्गत गरेको छ ।