INSEC Online

📅 २०८३ जेष्ठ २१

१३६ औँ दिनदेखि अनशनरत तारा बरालद्वारा अनशन स्थगित

सरकारसँग विभिन्न माग राखेर ०७८ कात्तिक ३० गतेदेखि आमरण अनशन बस्नुभएकी तारा बरालले राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजका प्रतिनिधिसँगको रोहबरमा १३६ औँ दिनमा अनशन स्थगित गर्नुभएको छ ।

अनशनरत वीर अस्पतालमा चैत १६ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, महानगरिय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गरी, राष्ट्रिय मानव अधिकार आयोगबाट उपसचिव मन्जु खतिवडा, सीता उप्रेती र नागरिक समाजका तर्फबाट कृष्ण गौतम, चरण प्रसाईं, इन्द्रप्रसाद अर्याल, महामुनिश्वर आचार्य र पुष्पादेवी तामाङलगायतको उपस्थितिमा बरालले अनशन स्थिगित गर्नु भएको हो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजी, नागरिकता विद्येक खारेज, बागमती, गण्डकी र कर्णाली प्रदेशलाई भारतसँग व्यापारिक नाका नदिएकाले सङ्घीयता खारेज गर्नुपर्ने, सर्वोच्च अदालतमा पूर्ण रूपमा राजनीति बन्द हुनुपर्ने, महिलामाथि हुने दुव्र्ययवहार अन्त्य हुनुपर्ने, खाद्यान्न सङ्कट समस्या समाधानका लागि गर्न खेतियोग्य जमीनमा बनेका प्लाटिङ्ग बन्द गरेर तत्काल भू–उपयोग नीति लागु गर्नुपर्ने लगायत ६ बुँदे मागहरू राखेर बराल आमरण अनशनमा बस्नुभएको थियो ।

मानव अधिकार आयोग र नागरिक समाजको पटक/पटकको आग्रह, वर्तमान अवस्थामा मुलुक गम्भीर आर्थिक सङ्कटतर्फ उन्मुख भइरहेको र देश निर्वाचन तर्फ गइरहेको कुरालाई मनन गर्दै हाललाई अनशन स्थगित गरिएको सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपछि बोल्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बरालको स्वास्थ्य उपचारका लागि सहयोग गर्ने र उहाँले राख्नुभएको मागहरू सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो ।

photokathmandu220781216 photokathmandu120781216

Tara Bral 1

tara baral 3

अन्य

भिडियो