चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्युठान जिल्ला झिमरुक गाउँपालिका– ६ घर भई तिनाउँ गाउँपालिका–५ बस्ने २५ वर्षीय प्रेम पुन मगरलाई चैत १४ गते दोभानबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनु भयो ।
पीडितलाई आरोपितले साँझको समयमा आफूसँगै राखेर टिकटक देखाउने क्रममा बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १४ गते पाल्पा अस्पताल गरिएको छ ।