INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक प्रतिनिधिको सहजिकरणमा स्थानीय तहको मानव अधिकार कार्ययोजनाको मस्यौदा पारित

कालिका गाउँपालिकामा इन्सेक जिल्ला प्रतिनिधि तथा मस्यौदा समितिका सदस्यहरूको सहजिकरणमा तयार भएको मस्यौदाको आधारमा कार्ययोजना कार्यपालिका बैठकबाट पारित भएको छ ।

इन्सेकका रसुवा जिल्ला प्रतिनिधि हेमानथ खतिवडा र सामुदायिक विकास केन्द्रका योगराज शर्माले ०७८ चैत १३ गते मानव अधिकार अनुगमन तथा रिर्पोटिङ र मानव अधिकार कार्ययोजना तथा स्थानीय तहको मानव अधिकार कार्ययोजनाको कार्ययोजनासम्बन्धी मस्यौदा समितिमा छलफल समेत गरी अन्तिम रुप दिएका थिए ।

Photo1RASUWA20220329

सेही कार्ययोजना चैत १४ गते कालिका गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित भएको गाउँपालिका उपाध्यक्ष तथा मस्यौदा समितिका संयोजक भवानीप्रसाद न्यौपानेले बताउनुभयो ।

०७८ भदौ १९ गते गठन भएको मस्यौदा समितिमा इन्सेकका जिल्ला प्रतिनिधि समेत सदस्य रहेको समिति गठन भएको थियो ।

मानव अधिकार राष्ट्रिय कार्ययोजनामा भएको व्यवस्था अनुरुप पाँचौँ मानव अधिकार राष्ट्रिय कार्ययोजनाको मूलभूत पक्षहरू बारे विभिन्न चरणमा छलफल गरी स्थानीयतहरूले मानव अधिकार कार्ययोजना तयार गरी कार्यपालिकाले पारित गरेको हो ।

कार्ययोजना निर्माणका लागि सहजिकरण गर्ने अधिकारकर्मीहरूलाई धन्यवाद दिँदै योजना अनुरुप स्थानीयतहले विभिन्न सामाजिक सङ्घसंस्थाहरूसँगको सहकार्य गरी मानव अधिकारसम्बन्धी कार्यक्रम तयार गर्ने समेत न्यौपानेले बताउँनुभयो ।

Photo2RASUWA20220329

अन्य

भिडियो