INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–३ सगरहवाका २२ वर्षीय प्रदिप कुमाललाई चैत १२ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत २ गते बलात्कार गरेको भन्दै पीडितले चैत १२ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी  दिनुभयो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले फोन मार्फत बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो