१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ०७८ चैत ११ गते हेटौँडा उपमहानगरपालिका—११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले कसुरदार लामालाई १८ वर्ष कैद सजायको साथै पीडितलाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउन पनि आदेश गरेको स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
बालिकालाई हेटौंडा उपमहानगरपालिका—१० स्थित एक होटलमा लगेर लामाले ०७८ असार २ गते बलात्कार गरेका थिए ।
चितवनबाट हेटौँडा घर आएकी बालिका राति बसपार्कमा ओर्लिएकी थिइन् । लामाले बालिकालाई घर पुर्याइदिने भनेर झुक्याएर होटलमा लगेर बलत्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
लामा अदालतको आदेशमा पुर्पक्षका लागि अदालतको आदेशमा थुनाका लागि क्षेत्रीय कारागार भीमफेदीमा गएका थिए ।