१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले चैत १० गते नौबहिनी गाँउपालिका– २ का २१ वर्षीय प्रेमबहादुर बुढामगरलाई १८ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले १८ वर्ष कैद ३० हजार रूपियाँ क्षतिपूर्ति पीडितलाई भराउने र २ हजार २ सय रूपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङ्गले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७८ मङ्सिर २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरी आरोपितलाई पुस ६ गते घरबाट गिरफ्तार गरी जबरजस्ती करणी अभियोगमा पुस २६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ पुस ६ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।