निलकण्ठ माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय सहप्रासद उप्रेती सोही विद्यालयमा कार्यरत शिक्षक प्रकाश क्षेत्रीको कुटपिटबाट घाइते भएका छन् ।
इन्जिनियरिङ कक्षाका विद्यार्थी उप्रेतीलाई ०७८ चैत ९ गते कक्षाकोठामै शिक्षक क्षेत्रीले कुटपिट गर्दा गम्भीर घाइते भएका हुन् ।
विद्यार्थीलाई कुटपिट गरेपछि शिक्षक क्षेत्री सोही दिन घर बिदामा गएका छन् ।
घाइते विद्यार्थी उप्रेतीलाई उपचारको लागि धादिङ अस्पतालमा लगिएकोमा धादिङ अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरिएको छ ।
घटनाका सम्बन्धमा निलकण्ठ माध्यामिक विद्यालयका प्रधानाध्यापक ध्रुब अधिकारीले घटना सामान्य भएको र विद्यार्थीलाई उपचारको लागि अस्पतालमा लगिएको बताउनु भयो ।
पीडित परिवारले आरोपितलाई कारबाहीको लागि कतै उजुरी गरेका छैनन् ।