४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बारा जिल्ला कोल्हवी नगरपालिका–७ का ३० वर्षीय प्रभु चौधरीलाई जिल्ला अदालतले सात वर्ष कैद सजाय र पीडितलाई ५० हजार क्षतीपूर्ति भराउने फैसला गरेको छ ।
जिल्ला न्यायधीश अवनी मैनाली भट्टराईको इजलासले चैत ७ गते उक्त फैसला गरेको हो ।

पीडित महिलाले आफूलाई ०७८ असोज २ गते चौधरीले बलात्कार गरेको भन्दै असोज ६ गते इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा उजुरी दिएकी थिइन् ।
चौधरीलाई प्रहरीले सोही दिन गिरफ्तार गरी अदालतको असोज २१ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते भरतपुर अस्पतालमा गरिएको थियो ।