आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाँउपालिका–६ का ६५ वर्षीय बुद्धि लावतीलाइ चैत २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाइ आरोपितले ०७८ फागुन २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले आरोपितविरूद्ध चैत २ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २ गते गरिएको छ ।