INSEC Online

📅 २०८३ श्रावण ६

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भेरी नगरपालिका–१ की २३ वर्षीया सविना सुनारलाई ढुङ्गा तथा फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति बलबहादुर बिकलाई चैत ६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिनु भयो ।

चैत ४ गते साँझ ५ बजे पतिपत्नीबिच घरायसी विषयमा विवाद भएपछि पहिला ढुङ्गा र पछि फलामको रडले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

Promo-05

घटनाका बारेमा जानकारी भएपछि प्रहरीले चैत ६ गते बेलुका आरोपितलाई घरैबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल जाजरकोटमा चैत ७ गते गरिएको छ ।

अन्य

भिडियो