१४ वर्षीया बालिकालाई चैत ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–५ का २५ वर्षीय महेश तामाङ र सोही ठाउँका २८ वर्षीय गोपाल गुरुङगलाई गिरफ्तार गरेको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितहरुलाई चैत ४ गते राति नै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दर्शन खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

तामाङले बालिकालाई बलात्कार गरेको र गुरुङ्गले बलात्कार कार्यमा सहयोग गरेको अनुसन्धानका क्रममा खुल्न आएकोले चैत ४ गते नै जिल्ला अदातलमा मुद्दा दर्ता गरिएको इन्स्पेक्टर खड्काले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण चैत ४ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।
आरोपित दुवै जना सडकमा काम गर्नका लागि बैतडी आएको अनुसन्धानका क्रममा खुल्न आएको इन्स्पेक्टर खड्काले बताउनु भयो ।