सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८/०७९ मा हुम्लाका ३९ ओटा विद्यालय छनोट गरिएको छ । जिल्लाबाट कार्यक्रमका लागि आवेदन दिएका विद्यालयमध्ये ३९ ओटा विद्यालय छनोट भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक भट्टराईका अनुसार विद्यालयको प्रस्तावना र कार्यालयबाट सिफारिस गरिएका कुल १ सय विद्यालयमध्ये ३९ ओटा विद्यालयको प्रस्तावना कार्यक्रमका लागि स्वीकृत भएको हो ।
हुम्लाबाट चार कोठे भवनका लागि सात ओटा विद्यालय, दुई कोठे भवनका लागि १५ ओटा, प्राविधिक धारतर्फ बाली विज्ञानको कक्षा सञ्चालनका लागि एउटा र आइसीटी ल्याब व्यवस्थापनका लागि १६ ओटा विद्यालय छनोट भएका छन् ।
कार्यक्रमले उपलब्ध गराउने अनुदान रकम अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख रुपियाँ, दुई कोठे भवन निर्माणका लागि १८ लाख रुपियाँ, आइसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रुपियाँ, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २८ लाख ४ हजार ५ सय ७० रुपियाँ रहेको छ ।
छनोट भएका सबै विद्यालयका लागि ५ करोड ४६ लाख ५ सय ७० रुपियाँ विनियोजन गरिएको छ ।
कार्यक्रमका लागि नाम्खा गाउँपालिकाबाट बाली विज्ञानतर्फ महाबौद्ध मावि, सोही विद्यालयका लागि आईसीटी ल्याब, खासरपानी आधारभूत विद्यालयका लागि दुईकोठे भवन, हिमालयन आधारभूत विद्यालयका लागि दुईकोठे भवन र बुद्ध आधारभूत विद्यालयका लागि आइसीटी ल्याव रहेका छन् ।
सिमकोट गाउँपालिकाका रलिङ, बालमन्दिर र कर्णाली मावि आईसीटी ल्याव, कालाशील्ता आधारभूत विद्यालयका लागि चारकोठे भवन, हिमाली बहिरा तथा बौद्धिक अपाङ्गताका लागि दुईकोठे भवन, भीमसेन आधारभूत विद्यालयका लागि आइसीटी ल्याव र जनज्योति आधारभूत विद्यालयका लागि दुई कोठे भवन छनोटमा परेका छन् ।
खार्पुनाथ गाउँपालिकाका भानुभक्त र मष्टादेव आधारभूत विद्यालयका लागि दुईकोठे भवन, हुम्ला माविका लागि चार कोठे भवन, शङ्कर, सीता, मान्धारा र मालिका मावि आइसीटी ल्यावका लागि छनोटमा परेका छन् ।
सर्केगार्ड गाउँपालिकाका अंशुवर्मा र देवल आधारभूत विद्यालयका लागि चारकोठे भवन, शारदा प्रावि दुईकोठे भवन र सरस्वती मावि तथा स्वयम्भू प्रावि आइसीटी ल्यावका लागि छनोटमा परेका छन् ।
चङ्खेली गाउँपालिकाको हिमालय मावि चार कोठे भवन, गणेश नवज्योति आधारभूत विद्यालयका लागि दुई कोठे भवन, बालकल्याण र ज्ञानज्योति प्रावि दुई कोठे भवन तथा बालज्योजि आधारभूत विद्यालयका लागि आइसीटी ल्याव छनोटमा परेका छन् ।
अदानचुली गाउँपालिकाको सूर्योदय मावि चारकोठे भवन, हिमालचुली र थुममालिका आधारभूत विद्यालयका दुईकोठे भवन र जनप्रकाश आधारभूत विद्यालय आइसीटी ल्यावका लागि छनोटमा परेका छन् ।
ताँजाकोट गाउँपालिकाको मदानदेव मावि चारकोठे भवन, जनप्रकाश र धर्मोदय दुई कोठे भवन तथा चन्द्रप्रकाश बुद्धि धावकास मावि आइसीटी ल्यावका लागि छनोट भएको प्रमुख भट्टराईले बताउनु भयो ।