१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका– १ का २४ वर्षीय विनोद लिम्बूलाई चैत २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७८ चैत १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि म्याङलुङ नगरपालिका –१ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवीदत्त मोतेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २ गते गरिएको छ ।