INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले कमल गाउँपालिका–३ का ५२ वर्षीय नरबहादुर भण्डारीलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश गिरीराज गौतमको चैत १ गतेको इजलासले कसुर ठहर गर्दै ६ महिना कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाईँले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अदालतको सोही आदेशले कैद सजायसँगै पीडितले पाउने गरी १५ हजार रुपियाँ क्षतिपूर्ति भराउन र १५ हजार रुपियाँ जरिबाना भराउन आदेश भएको सूचना अधिकारी गुरागाईँले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ पुस ४ गते यौन दुर्व्यवहार  गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस ६ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएको थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले पुस ६ गते गिरफ्तार गरी जिल्ला अदालतमा पुस २९ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको ०७८ पुस २९ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा पुस ६ गते गरिएको छ ।

अन्य

भिडियो