INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको कसुरमा याङशीला-३ का ४२ वर्षीय टङ्कबहादुर लिम्बुलाई जिल्ला अदालत मोरङले पाँच वर्षकैद फैसला गरेको छ ।

न्यायाधीश प्रकाश राउतको इजलासले चैत २२ गते कैदसँगै २० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिलाउने निर्णय गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए । पीडित महिलालाई आरोपितले ०७२ फागुन २२ गते बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।

अन्य

भिडियो