INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ पुरानो ठिमीमा खाजा घर सञ्चालन गरी बसेका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले २०७८ फागुन ३० गते सानोठिमीबाट गिरफ्तार गरेको छ ।

रोजगारीका लागि खाजा घरमा काम गर्न राखेकी पीडित बालिकालाईसोही खाजा घर सञ्चालक ठकुरीले फागुन २९ गते राति सुतेको ठाउँमा गई बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित किशोरीका आफन्तले फागुन ३० गते महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिएका थिए ।

आरोपितविरुद्ध भक्तपुर जिल्ला अदालतबाट चैत १ गते जबरजस्ती करणी मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी बृत्त थिमिका डिएसपी नरहरि रेग्मीले जानकारी दिनु भयो

पीडित बालिकाको भक्तपुर अस्पतालमा फागुन ३० गते स्वास्थ्य परीक्षण गरियो ।

अन्य

भिडियो