अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिरहामा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी फागुन २४ गते सम्पन्न गरिएको छ ।
लहान नगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेक, मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब, समग्र जनउत्थान केन्द्र, अपाङ्ग पुनस्र्थापना केन्द्र, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, समग्र विकास सेवा केन्द्रलगायत सङ्घसंस्थाको समन्वयमा लहानमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ सुरू गरिएको र्याली तथा अन्तरक्रिया कार्यक्रममा लहान नगरपालिकाकी उपप्रमुुख सरीयार चौधरीले अझै पनि महिलामाथि हुने हिंसामा कमी नआएको बताउनु भयो ।
लहान नगरपालिकाले महिलामाथि हुने हिंसालाई कम गर्न विभिन्न सङ्घसंस्थाको सहयोगमा सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरेको बताउनु भयो ।
त्यसैगरी विष्णुपुर गाउँपालिकाको आयोजना इन्सेक, ओरेक, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जालको सहकार्यमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा विष्णुपुर गाउँपालिका–१ का वडा अध्यक्ष गोपी यादवले स्थानीय तहले गर्नु पर्ने काम सङ्संघस्थाले गरेर सहयोग पुर्याएको बताउनु भयो ।
महिलाको हकहितको लागि विभिन्न कार्यक्रमको योजनाहरू ल्याउनु पर्ने स्थानीय तहले खासै ल्याउन नसकेको उहाँको भनाइ छ ।
कार्यक्रममा ओरेककी जिल्ला संयोजक शर्मिला निरौलाले स्थानीय तहहरू महिलाको सवालमा संवेदनशील हुन नसकेको आरोप लगाउनु भयो ।



