१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सल्यानमा फागुन २४ गते इन्सेक लगायत मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले संयुक्त रूपमा र्याली तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।
‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले महिला हिंसाका घटनामा अझैपनि न्युनीकरण हुन नसकेको बताएका छन् ।
शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेत, जिल्ला समन्वय समिति सल्यानका समन्वय अधिकारी राजेन्द्रप्रसाद पोख्रेललगायतले कार्यक्रममा उपस्थित भएर महिला विरुद्ध हुने सबै किसिमका भेदभाव र हिंसा अन्त्य गर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरेका थिए ।
म्हिला विरुद्ध हुने हिंसाको अन्त्य गर्न सरोकारवाला सबै एकजुट भएर लाग्नु पर्ने भन्दै भेदभाव र हिंसा रहित समाज बनाउन सबैको उत्तिकै भुमिका रहेको सरोकारवालाहरूको भनाइ छ ।
कार्यक्रममा ‘बलात्कारी’लाई सामाजिक बहिस्कार गरौँ, बाल विवाह न्युनीकरण गरौँ, महिला हिंसा अन्त्य गरौँ लेखिएका प्लेकार्ड सहित बजार परिक्रमा गरिएको थियो ।
शरदा नगरपालिकाको आयोजना तथा इन्सेक नेपाल सल्यान, मानव अधिकार रक्षक सञ्जाल सल्यान, दलित विकास समाज सल्यान, महिला मानव अधिकार रक्षक सञ्जाल, हरप्लेस नेपाल लगायतको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।



