INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुलीको तीनथाना गाउँपालिका–३ का २२ वर्षीय रोहित बिकलाई प्रहरीले ०७८ फागुन २० गते नयाँबसपार्कबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई न्युरोडबाट ललाई फकाई नयाँबसपार्कस्थित एक गेष्ट हाउसमा फागुन २० गते लगेर बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले महानगरीय प्रहरी वृत्त जनसेवामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

आरोपितलाई फागुन २० गते काठमाडौँ जिल्ला अदालतबाट पाँचदिनको म्यादथप गरी हिरासतमा राखि अनुसन्धान थालिएको एसपी मैनालीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २० गते थापाथलीस्थित प्रसुति गृहमा गरियो ।

अन्य

भिडियो