INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङ कारागारमा न्यायिक शिविर

मोरङ कारागारका कैदीबन्दीको न्यायिक अधिकार सुनिश्चित गर्न उच्च अदालत विराटनगरले मोरङ कारागारमा न्यायिक शिविर आयोजना गरेको छ ।

फागुन १८ गतेदेखि सुरू भएको शिविर फागुन २० गतेसम्म सञ्चलन हुने उच्च अदालतका सूचना अधिकारी ओम सुवेदीले बताउनु भयो ।

जनतालाई घरदैलोमै सहज रूपमा सेवा पुर्‍याउने अभियान अन्तर्गत उच्च अदालत विराटनगरले कारागारका कैदीबन्दीसम्म न्यायिक पहुँच पुर्‍याउने कारागारमा न्यायिक शिविर आयोजना गरिएको उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले बताउनु भयो ।

न्यायाधीश श्रेष्ठले स्वास्थ्य शिविर भने जस्तै न्यायिक शिविर आयोजना गरिएको बताउनु भयो । शिविरमा उच्च अदालत विराटनगरका बैतनिक वकिलहरू र कर्मचारीहरूले अदालतका कैदीबन्दीहरूको न्यायिक समस्याका विषयमा परामर्श दिनुका साथै न्याय प्राप्तिको प्रक्रिया सहजीकरण गर्ने उच्च अदालतका सूचना अधिकारी ओम सुवेदीले बताउनु भयो ।

मोरङ कारागारका तीन व्लकका कैदीबन्दीलाई प्रत्येक व्लकमा एक दिनका दरले परामर्श तथा न्यायिक सेवाका विषयमा सहजीकरण उच्च अदालत विराटनगरले जनाएको छ ।

उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले कारागारका कैदीबन्दीले आफ्ना  कुनै पनि न्यायिक समस्या  शिविरमा खुलेर राख्न  सक्ने बताउनु भयो । उहाँले नयाँ कानुनी व्यवस्थाहरू र ज्येष्ठ नागरिकहरूलाई कैद छुटका विषयमा पनि  कारागारका कैदीबन्दीलाई जानकारी दिइएको बताउनु भएको छ ।

Photo 20220304 Morang

अन्य

भिडियो